महिन्द्र र राजेन्द्र पुनः आमुन्नेसामुन्ने
मलंगवा : सर्लाही–२ बाट एकपटक फेरी नेपाल कम्युनिस्ट पार्टीका नेता महिन्द्रराय यादव र राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले उम्मेदवारी दर्ता गराएका छन् ।
दुवैजना मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । यसअघि पनि यादव र महतो दुईपटक आमने सामने भई सकेका छन् । यसअघिका दुवै निर्वाचनमा यादव निर्वाचित भएका थिए । २०७० सालमा भएको संविधानसभाका निर्वाचन र २०७९ मा भएको प्रतिनिधिसभाका निर्वाचनमा दुवैजना एउटै निर्वाचन क्षेत्रबाट चुनाव मैदानमा थिए ।
दुवैजना एकपटक फेरि एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रेपछि चुनावी माहोल तातिने स्थानीयको भनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस !