सरकारको नेतृत्वमा बसेका मान्छेले धम्कीको भाषा प्रयोग गर्न सुहाउँदैन : नेकपा

सरकारको नेतृत्वमा बसेका मान्छेले धम्कीको भाषा प्रयोग गर्न सुहाउँदैन : नेकपा
सुन्नुहोस्

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले यसअघिका सरकारहरुले गरेको गलत कामको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।

सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शाहीले सरकारका मन्त्रीहरुले आफ्नो कमजोरी ढाकछोप गर्न यसअघिका सरकारहरुले पनि गलत गरेको आरोप लगाइरहेको भन्दै गलत कामको छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन्।

उनले सरकारको नेतृत्वमा बसेका मान्छेहरुले धम्कीको भाषा प्रयोग गर्न नसुहाउने बताए । अगाडिका सरकारहरूले नियम कानुन संविधान विपरीत काम गरेको भए छानबिन गरी कानूनी कारबाहीको दायरामा ल्याउने दायित्व र जिम्मेवारी सरकारको भएको उनको भनाइ छ ।

उनले सरकारमा बसेकाहरुले गल्ती गर्न नहुने भन्दै गल्ती भएका विषयमा सरकारले जनतालाई जवाफ दिन सक्नुपर्ने बताए।

सांसद शाहीले दुई तिहाइको नजिक पुगेको सरकारले जनताको अपेक्षा अनुसार देशको विकासमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

स्वदेशमै नै उत्पादनका स्रोतहरू पहिचान गर्ने, लगानी केन्द्रित गर्ने, रोजगारी सिर्जना गर्ने, बिगतमा भएका भ्रष्टाचारका प्रकरणको छानविन लगायतका विषयमा प्रतिपक्षी दल भएपनि सरकारको साथमा रहने उनको भनाई छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.