प्रतिनिधिसभाको समानुपातिकतर्फ उदयपुरमा एमालेबाट १५ जनाको सिफारिस

प्रतिनिधिसभाको समानुपातिकतर्फ उदयपुरमा एमालेबाट १५ जनाको सिफारिस

उदयपुर : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले उदयपुरले समानुपातिकतर्फ १५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा एमालेले पूर्वमन्त्रीदेखि तत्कालीन जिल्ला विकास समिति अन्तर्गत क्षेत्रीय सदस्यसम्मका नेतालाई उम्मेदवारको रूपमा अघि सारेको हो।

जिल्ला कमिटीको निर्णयअनुसार त्रियुगा नगरपालिका–९ का मन्जुकुमारी चौधरी, बेलका नपा–८ का अम्बिका थापा, कटारी नपा–१ का कला घले, चौदण्डीगढी नपाका पदमबहादुर राई, बेलका–३ का सृजना तामाङ, चौदण्डी–६ का कान्ता राई, ताप्ली गाउँपालिका–५ का बेनीबहादुर रम्तेल, कटारी नपा–३ का भिमकुमारी राउत रहेका छन्।

त्यसैगरी उदयपुरगढी गापा–७ का खड्गबहादुर परियार, त्रियुगा–७ का नारदराज थापा, ताप्ली–५ का राजन शाही, त्रियुगा–८ का माया भण्डारी, बेलका–३ का सुरेश तामाङ, त्रियुगा–१३ का अनन्त दनुवार र वडा नं. ९ का चन्द्रनारायण चौधरी रहेको सचिव टेकबहादुर राउतले जानकारी दिए।

मन्जु दोस्रो संविधानसभाको प्रत्यक्षतर्फको निर्वाचनमा क्षेत्र नं. २ बाट निर्वाचित भई शहरी विकास मन्त्री भएकी हुन्। त्यसैगरी अम्बिका समानुपातिकतर्फ प्रदेशसभा सदस्य, कला पहिलो प्रदेशसभाको निर्वाचनमा उदयपुर क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’ बाट प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन्।

त्यस्तै पदम जिल्ला विकास समितिको उपसभापति हुन्। सिर्जना पार्टीको कोशी प्रदेश कमिटीको सदस्य हुन्। उनी माओवादीको राजनीतिक धरातलबाट नेकपा हुँदै एमालेमा आएकी हुन्। कान्ता चौदण्डीगढी नपाको उपमेयर पदमा पराजित हुन्। बेनीबहादुर रुपाटार गाविसको उपाध्यक्ष हुन् भने संघीयता पछिको पहिलो स्थानीय तहको निर्वाचनमा ताप्ली गापा वडा नं. ५ का पराजित वडाध्यक्ष हुन्। त्यस्तै भिमकुमारी पहिलो स्थानीय निर्वाचनमा कटारी नपाको उपमेयर विजयी भएकी थिइन्।

त्यसैगरी खड्गबहादुर जिल्ला समन्वय समितिको पहिलो प्रमुख हुन्। नारद तत्कालीन जिल्ला विकास समितिको क्षेत्रीय सदस्य हुन्। माया मजदुर नेता हुन्। सुरेश माओवादी धरातलबाट नेकपा हुँदै एमालेमा प्रवेश गरेका हुन्। अनन्त पुराना कम्युनिस्ट नेता हुन् भने चन्द्रनारायण पूर्व वडाध्यक्ष हुन्।

उनीहरूलाई समानुपातिकतर्फ उम्मेदवारका लागि जिल्ला कमिटीबाट निर्णय गरी कोशी प्रदेश कमिटीमा सिफारिस गरिएको सचिव राउतले बताए। उनले भने, ‘सकेसम्म सबै क्षेत्र, भूगोल र समुदायको प्रतिनिधित्व र पार्टीको नीति, सिद्धान्त र संगठनप्रतिको योगदानलाई ध्यानमा राखी उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरेका छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.