भोजपुर एमालेबाट प्रतिनिधिसभा समानुपातिकमा ४ जना सिफारिस
भोजपुर : नेकपा एमाले भोजपुरले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको रूपमा चार जनालाई सिफारिस गरेको छ ।
जिल्ला कमिटीको निर्णयअनुसार साल्पासिलिछो गाउँपालिकाबाट पर्शुराम अधिकारी, षडानन्द नगरपालिकाबाट पासाङदोर्ची शेर्पा, हतुवागढी गाउँपालिकाबाट ईश्वरमान राई र भोजपुर नगरपालिकाबाट गणेश श्रेष्ठलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको हो ।
जिल्ला कमिटी अध्यक्ष मकर बहादुर खड्काले विविध क्षेत्र, भूगोल र समुदायको प्रतिनिधित्वलाई ध्यानमा राख्दै उनीहरूको नाम प्रदेश कमिटीमा सिफारिस गरी पठाइएको जानकारी दिए । उनका अनुसार पार्टीको नीति, संगठनप्रतिको योगदान र राजनीतिक अनुभवका आधारमा उम्मेदवार छनोट गरिएको हो ।
अब प्रदेश कमिटीबाट सिफारिस भई केन्द्रमा पठाएपछि अन्तिम निर्णय पार्टीको केन्द्रीय नेतृत्वले गर्नेछ।
प्रतिक्रिया दिनुहोस !