पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनंकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मुनंकर्मीले पदको दुरुपयोग गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै मंगलबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो। अख्तियारका अनुसार उनीविरुद्ध २ करोड ५० लाख ४३ हजार ५१७ रुपैयाँ बिगो दाबी गरिएको छ।

आयोगका अनुसार गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा गरिएको अनुसन्धानमा मुनंकर्मीले सरकारी पदमा बहाल रहँदा पेश गरेको सम्पत्ति विवरणअनुसारको आम्दानीभन्दा खर्च अस्वाभाविक रूपमा बढी देखिएको पाइएको हो। उनी २०५४ फागुन १ गते सरकारी सेवामा प्रवेश गरेका थिए भने २०८० मंसिर १४ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको छ।

उक्त अवधिमा मुनंकर्मी तथा उनका परिवारका सदस्यहरूको नाममा ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ बराबरको सम्पत्ति आर्जन भएको देखिएको छ भने सोही अवधिमा ६ करोड २४ लाख १५ हजार ९ सय रुपैयाँ खर्च भएको अख्तियारको ठहर छ। कुल आम्दानीभन्दा २ करोड ५० लाख ४३ हजार ५१७ रुपैयाँ बढी खर्च देखिए पनि सो रकमको स्रोत पुष्टि गर्न नसकेको आयोगले जनाएको छ।

सरकारी सेवामा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिबाट श्रीमती पूर्ण केशरी गोसाइको नाममा समेत सम्पत्ति खरिद गरिएको देखिएकाले उनलाई पनि प्रतिवादी बनाएर आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ।


 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.