भ्रष्टाचार रोक्न अख्तियारको सक्रियता,पाँच महिनामा ४६ आरोप पत्र दायर

भ्रष्टाचार रोक्न अख्तियारको सक्रियता,पाँच महिनामा ४६ आरोप पत्र दायर

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच महिनाको अवधिमा  ४६ वटा आरोप-पत्र दायर गरेको जनाएको छ। अख्तियारका अनुसार  आर्थिक वर्ष २०८२ को मंसिर १७ सम्म ४६ वटा आरोप पत्र विशेष अदालत काठमाडौंमा दायर भएका हुन्।

आयोगका अनुसार दायर गरेका आरोप पत्रमध्ये १३ वटा भदौ २० गतेसम्म दाखिला भएकोमा बाँकी ३३ वटा आरोप- पत्र नयाँ सरकार गठन भएपछि दायर भएका हुन्। घुस/रिसवत,गैरकानुनी लाभ हानी,सार्वजनिक सम्पत्ति हानी नोक्सानी,शैक्षिक नक्कली,सरकारी कागजात सच्याइएको विषयमा आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ।

आयोगले घुस रिसवत आरोपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री तथा संघीय संसद,प्रतिनिधिसभा हाल (विघटित) सदस्य राजकुमार गुप्ता,भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री तथा संघीय संसद प्रतिनिधिसभाका सदस्य रन्जिता श्रेष्ठसमेत ७ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो।

गैरकानुनी लाभ हानीको  आरोपमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी,तत्कालीन कार्यलय प्रमुख रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जनाविरुद्ध आरोप  गरेको आयोगले जनाएको छ।

मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी,महोत्तरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेत १६ जना,दैलेख डुंगेश्वर गाउँपालिकाको कार्यालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की,बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा रामप्रसाद धमला,जय किसान माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक संजय प्रसादसमेत २ जनाविरुद्ध घुस रिसवतको आरोपमा आरोप पत्र दायर भएको छ।

यसैगरी आयोगले शैक्षिक नक्कली आयोगले झापाको दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको हो। 
आयोगले घुस/रिसवत,गैरकानुनी लाभ हानी,सार्वजनिक सम्पत्ति हानी नोक्सानी,शैक्षिक नक्कली,सरकारी कागजात सच्याइएको विषयमा विभिन्न सरकारी कार्यालयका कर्मचारीविरुद्ध पनि आरोप पत्र दायर गरेको छ।

आयोगले सोही अवधिमा  ११ हजार ८५६ वटा उजुरी दर्ता भएको जनाएको छ। श्रावणमा ३ हजार ९२२,भाद्रमा २ हजार २७६,आश्विनमा २ हजार २,कार्त्तिकमा १ हजार ९४५ र मंसिरमा १ हजार ७११ उजुरी दर्ता भएका छन्। भ्रष्टाचार रोक्न दर्ता भएका उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरी अदालतमा आरोप पत्र दायर गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.