नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तस्बिर : सुनिता डंगोल

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित छजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसहित ६जना र एक कन्सल्टिङ प्रालिविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध १३ करोड ५७ लाख ४६ हजार  २१३ रुपैयाँ  विगो माग गरिएको छ।

आयोगले अधिकारीसहित तत्कालीन निर्देशक मुरारी भण्डारी,उप प्रबन्धक नल विक्रम थापा,वरिष्ठ अधिकृत तथा हाल उपप्रबन्धक सम्वृद्धि श्रेष्ठविरुद्ध मुद्दा दायर भएको  हो। परापर्शदाता गुरूदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ्ग प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई विपक्षी बनाउँदै मुद्दा दायर भएको हो।

मुद्दा दर्ता अघि अधिकारीलाई विशेष अदालतमा उपस्थित गराइएको थियो। ढिलोगरी अभियोग पत्र दायर भएकाले शुक्रबार मात्रै बयान तथा थुनछेक बहस हुने विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।

नलिञ्चोक हेलिपोर्ट निर्माणको क्रममा भ्रष्टाचार गरेको अधिकारीमाथि आरोप छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.