जिल्ला अदालतका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका बाँके जिल्ला अदालतका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार घुस लिएको अवस्थामा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
उनीमाथि १२ हजार बिगो र सजायको मागदावीसहित आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !