पशुपतिको शवदाह मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा 'अन्य आदेश' जारी

पशुपतिको शवदाह मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा 'अन्य आदेश' जारी

काठमाडौं : पशुपतिको विद्युतीय शवगृहको मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले अन्य आदेश जारी गरेको छ।  विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र विदुर कोइरालाको इजालसले अन्य आदेश जारी गरेका हुन्।

आदेशको पाठ आएपछि मात्रै उक्त मुद्दामा जारी भएको आदेशबारे जानकारी हुनेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  शवदाह गृहका लागि दुईवटा उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा र तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्रीसहित १६ जनाविरुद्ध गत असार ८ गते मुद्दा दायर गरेको हो।

उनीहरू प्रतिव्यक्तिविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो माग गरिएको छ।

उपकरण आपूर्तिकर्ता म्याप इन्टरप्रेनर प्रालिका सञ्चालकद्वय मनोज पुरी र यदुनन्दन भट्टराईविरुद्ध संयुक्तरुपमा विगो कायम गरी कैद र जरिवाना मागदावी गरिएको छ। यसैगरी आपूर्तिकर्ता एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी र त्यसका प्रबन्ध निर्देशक सुरज चापागाईंविरुद्ध बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ।

३२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने शवदाह मेसिनलाई बढी देखाइ मिलेमतोमा भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.