मोटरबाटो निर्माणका नाममा भ्रष्टाचार

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, शिक्षा अधिकृत भिम बहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र MIS अपरेटर हरिचन्द्र बिष्टविरुद्ध भ्रष्टाचार मुद्दा  दायर गरेको हो।

आयोगका अनुसार त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतीको खरिद प्रक्रिया मूल्यांकनमा संलग्न बोलपत्र मुल्यांकन समितिका सदस्य (NCCSP प्रोजेक्टका इन्जिनियर) शिशिर कुमार गुरुङ, दिव्या निर्माण सेवा प्रालि, दुनै, डोल्पा र उक्त निर्माण सेवाका भीमराज न्यौपानेलाई मुद्दामा प्रतिवादी बनाइएको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीहरूविरुद्ध  ५५ लाख ८९ हजार ६३ रुपैयाँ बराबरको मुद्दा आज विशेष अदालतमा दायर भएको हो।

नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ मा वडा नम्बर ५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिका लागि ठेक्का बोलपत्र आह्वान गरी औपचारिकता मात्रै निभाइ मिलेमतोमा दिव्या निर्माण सेवा प्रालिलाई उक्त काम जिम्मा दिइ भुक्तानीमा आर्थिक अनियमितता गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारको ठहर छ।

मोटरबाटो निर्माणका नाममा ५५  लाख ८९ हजार ६३ रकम गैरकानुनी लाभ र संस्थालाई गैरकानुनी हानिनोक्सानी पुर्‍याउने बदनियतले कार्य गरेको देखिएबाट उक्त कार्य कसूरमा संलग्न निमित्त प्रमुख प्रशासकीय अधिकृति पोखरेलसहित प्रतिवादीहरूउपर  सजाय र सोही मूल्य बराबरको विगो मागदावी गरिएको आरोप- पत्रमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.