जेनजी विद्रोहलाई शंकाको दृष्टिले नहेरौँ, यसबाट सबैभन्दा बढी लाभ कांग्रेसले लिन सक्छ : प्रदीप पौडेल

जेनजी विद्रोहलाई शंकाको दृष्टिले नहेरौँ, यसबाट सबैभन्दा बढी लाभ कांग्रेसले लिन सक्छ : प्रदीप पौडेल
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको पुस्तान्तरण तथा रुपान्तरणसहितको प्रस्ताव प्रस्तुत गरेका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो प्रस्ताव प्रस्तुत गर्दै उनले पार्टीमा पुस्तान्तरण तथा रूपान्तरण भए आगामी चुनावमा बहुमत ल्याउन सकिने तर्क गरेका हुन्। 

केन्द्रीय सदस्य पौडेलले देशमा भएको जेनजी विद्रोहलाई शंकाका रूपमा नहेरी मूल मुद्दाको सम्बोधनमा क्रियाशील हुनुपर्ने बताए। जेनजी पुस्ताको विद्रोहमा उठेको भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज भएकाले यसलाई सम्बोधन गर्नु आवश्यक रहेको उनले बताए। 

‘हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेका कारण युवाहरूबाट यो विद्रोह भएको अर्थमा बुझ्नु मुलुकका लागि हितकर हुनेछ,’ उनले भने । 

पौडेलले संसारभर सम्पन्न भएका र हुँदै गरेका युवा विद्रोहको प्रष्ट सन्देश सुदृढ लोकतन्त्र भएको उल्लेख गर्दै यो विद्रोहबाट सबै भन्दा बढी लाभ नेपाली कांग्रेसले लिन सक्ने बताए। 

‘तर यसको लागि नेपाली कांग्रेसले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको वस्तुपरक बाटो रोज्नु पर्दछ,’ उनले भने । 

पौडेलले युवा विद्रोहका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने पनि बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.