मृत्यु भएकाको नाममा भत्ता हिनामिना : वडाअध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मृत्यु भएकाको नाममा भत्ता हिनामिना : वडाअध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलाली जिल्लाको जानकी गाउँपालिका-९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठजनाविरुद्ध सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमिता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार वडाअध्यक्ष  भण्डारीसहित तत्कालीन वडा सचिव प्रेमबहादुर बुढा,कार्यालय सहयोगी सोनम कठरिया,खरिदार पूर्णबहादुर विष्टविरुद्ध  विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

वडा सदस्यहरू कल्पना खड्का,सुनकोसा सार्की,विजयबहादुर रावल र शेरबहादुर विश्वकर्मालाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध ७३ लाख ३७ हजार ६२७ मूल्य बराबरको बिगो माग गरिएको अख्तियारले जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ को दोस्रो चौमासिकसम्म मृतक व्यक्तिहरूको नाममा समेत सामाजिक भत्ता वितरण गरिएको,एउटै नागरिकता नम्बरबाट दोहोरो लाभग्राही अभिलेख तयार पारिएको र नवीकरण नै नभएका लाभग्राहीका नाममा रकम भुक्तानी गरेको अनुसन्धानबाट खुल्न आएको छ।

प्रतिवादीहरूले बदनियत राखी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना गरे गराएको कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ समेतको कसूरजन्य कार्य गरेको अख्तियारको दावी छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.