विकास योजनाको नाममा ३८ लाख कमिसन खाएको आरोप

मधेश प्रदेशका सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मधेश प्रदेशका सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुन्नुहोस्

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जसपा नेपाल मधेश प्रदेशका सांसद सरोजकुमार सिंहसित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मधेश प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सिंहविरुद्ध ३८ लाख ५० हजार  ३ सय १९ रुपैयाँ विगो माग दावी गरिएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार मधेश प्रदेशसभा सदस्य सिंहसमेतले विभिन्न वडाहरूमा विकास योजनाहरू सञ्चालनका लागि विभिन्न उपभोक्ता समितिहरू गठन गरी उक्त उपभोक्ता समितिको खाताहरुमा जम्मा /दाखिला भएको रकममध्ये ३८ लाख ५० हजार ३१९ रुपैयाँ आफ्नो स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकि झिक्न लगाइ उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा  जम्मा गर्न लगाएको अभियोगमा सिंहसहित १६ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सिंहसहित  रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी भन्ने स्विकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगिन्द्रर महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीलाई मुद्दामा प्रतिवादी बनाइएको छ।

धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुना प्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीसँग १ लाख ८५ हजार २६० रुपैयाँ, धर्मशाला एवं रामनारायणको घरदेखि रामवृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिका अध्यक्ष  योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीविरुद्ध ६,५७,७०० बिगो माग गरिएको छ।

यसैगरी अधुरो कमलामाइ मन्दिर र मालतमाइस्थानको कम्पाउण्ड बाल निर्माण उपभोक्ता समितिका अध्यक्ष राम नाथ सहनी र कोषाध्यक्ष स्वीकृति देवी भन्ने स्वीकृति देवीसँग २ लाख १४ हजार ३ सय ५० रुपैयाँ विगो माग गरिएको छ।

माईस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिको अध्यक्ष राम शरण खत्वे र कोषाध्यक्ष बिभा देवी खत्वेसँग १ लाख ५० हजार, कञ्जनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश बडर र कोषाध्यक्ष अमलेश कुमारीसँग १ लाख ५१ हजार ४०० सय रुपैयाँ विगो माग गरिएको छ। 

अर्का समिति अध्यक्ष दिपाराज देवी राजपूत,कोषाध्यक्ष भिखारी राउन कुर्मीसँग २ लाख ९७ हजार ७९४ रुपैयाँ विगो माग दावी छ। समिति अध्यक्ष शम्भुकुमार मण्डलसँग ४ लाख १ हजार ९१५ रुपैयाँ माग गरिएको छ। 

आयोगले रधवा पिपलदेखि सहसौला अनेरभाटदेखि जनता प्रावि हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समिति र रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष मन्जुदेवी पासमानसँग २१ लाख ९३ हजार ८१५ रुपैयाँ बिगो माग दावीसहित मुद्दा दायर गरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.