मेची राजमार्ग खुल्यो

मेची राजमार्ग खुल्यो

इलाम : असोज १८ को अविरल वर्षाका कारण मेची राजमार्गको राजदुवाली खण्डमा बाटो भत्किएपछि अवरुद्ध मेची राजमार्ग बुधबार साँझदेखि वैकल्पिक मार्गबाट सञ्चालनमा आएको छ। 

मेची राजमार्गको इलाम नगरपालिका–१० स्थित सिमल गोलाई हुँदै इलाम नगरपालिका–८ को तिल्केनी जोड्ने वैकल्पिक मार्गका लागि जोगमाई खेलामा अस्थायी डाइभर्सन बनाउने काम सम्पन्न भएसँगै साँझबाट गाडीहरू सञ्चालनमा आएका हुन्। वर्षासँगै इलाम सदरमुकामसहित पाँचथर, ताप्लेजुङसम्मका गाडी रोकिएका थिए। 

साविक राजदुवाली क्षेत्रबाटै बाटो खुलाउन पटकपटक प्रयास गरेपनि जमिन भासिएर तत्काल उक्त बाटो खुलाउन नसकेपछि सिमल गोलाई तिल्नेकी सडक सुचारु गरेको सुर्योदय नगरपालिका–१० का वडा अध्यक्ष दिलीप प्रधानले जानकारी दिए।

मेची राजमार्गका दर्जनौँ स्थानमा पहिरो गएपनि इलाम नगरपालिका ९, राजदुवालीको पहिरोमा अझै सवारी आऊ–जाऊ गर्ने अवस्था छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.