रुसी आक्रमणका कारण कीभमा विद्युत आपूर्ति बन्द

रुसी आक्रमणका कारण कीभमा विद्युत आपूर्ति बन्द
सुन्नुहोस्

काठमाडौं : रातभरि भएको रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणपछि युक्रेनको राजधानी कीभका धेरैजसो भागमा बिजुली र पानी आपूर्ति बन्द भएको छ।

किभका मेयर भिटाली क्लीच्कोले आक्रमणमा कम्तीमा नौ जना घाइते भएको बताए। उनले शहरको पूर्वी क्षेत्रहरूमा पानी आपूर्ति पनि प्रभावित भएको र मर्मत कार्य भइरहेको बताए।

दक्षिणपूर्वी जापोरिझिया क्षेत्रमा रुसी ड्रोन आक्रमणमा एक सात वर्षीय बालकको मृत्यु भएको छ।

स्थानीय प्रशासनका अनुसार विस्फोटबाट आवासीय भवनमा व्यापक क्षति पुगेको छ।

हालैका हप्ताहरूमा रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमणको तीव्रता बढाएको छ। बारम्बार पावर प्लान्टहरू र प्रसारण नेटवर्कहरूलाई लक्षित गर्दै आएको छ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सहयोगी राष्ट्रहरूलाई रुसलाई दबाब दिनका लागि वास्तविक कदम चाल्न अपील गरेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.