अँध्यारो पल
वरपर अँध्यारो छायो
त्यस्तो अन्धकार
कहिल्यै देखिनँ मैले ।
मनमा भावनाको आँधी उठ्यो
विचारको तुफान चल्यो
लाग्यो, मेरो पैतालामुनिको
जमिन खोस्यो कसैले
रिसले सगरमाथाको यात्रा गर्यो
संवेदनाले समुद्रमा गोता मार्यो ।
तैपनि देखिएन, कतै उज्यालो
गोली खाएर तिमी ढलेको क्षण
जीवनले जीवनसँग गरेको छल
जिन्दगीकै अँध्यारो पल ।
प्रतिक्रिया दिनुहोस !