स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिने
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन्। अहिलेको परिस्थितिमा सरकारमा बस्न नसकिने भन्दै उनले राजीनामा दिने जनाएका हुन्।
मन्त्री पौडेलले कांग्रेसले यो अवस्थामा सरकार छोड्नुपर्ने पनि बताए।
जेनजी प्रदर्शन हिंसात्मक भएपछि यसअघि रमेश लेखकले गृहमन्त्री र रामनाथ अधिकारीले कृषि तथा पशुपक्षी विकासमन्त्रीबाट राजीनामा दिएका छन्।
जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन सयभन्दा बढी घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस !