विद्याको पुनरागमनले एमालेमा रडाको

भण्डारीको पार्टी सदस्यता र चीन भ्रमण ओलीजीकै सहमतिमा भएको हो, त्यसपछि के भयो : प्रचण्ड

भण्डारीको पार्टी सदस्यता र चीन भ्रमण ओलीजीकै सहमतिमा भएको हो, त्यसपछि के भयो : प्रचण्ड
सुन्नुहोस्

विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वभाविक भएको टिप्पणी गरेका छन्। बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू पुनः राजनीतिमा फर्किएको अन्तर्राष्ट्रिय अभ्यास रहेकाले उहाँहरू फर्किनु अनुचित नरहेको बताए।

अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता र चीन भ्रमण ओलीको सहमतिमा भएको दावी गरे। ' विद्याजीको सदस्यता नवीकरण केपी ओलीजीको सहमतिमा भएको छर्लङ भइसकेको छ। चीन भ्रमण पनि ओलीजीकै सहमतिमा भएको हो। भोलि गएर अध्यक्ष बनाउने कुरा पनि उहाँहरूबीच चलेको हो,'उनले भने,'तर, पछि चीन भ्रमणबाट आएपछि उहाँहरूबीच के भयो ? त्यता जान चाहन्न।'

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू राजनीतिमा फर्किदैमा संविधानको औचित्य समाप्त नहुने जिकिर पनि गरे । अहिलेको संविधान सर्वोत्कृष्ट रहेपनि संविधान अनुसारको कानुनहरू नबनाइएका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताए।

अध्यक्ष प्रचण्डले पार्टी निर्णय तथा विधि पद्धतीको विरोधमा हुने कुनै पनि कार्य सह्य नहुने स्पष्ट पारे । नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने प्रश्नमा प्रचण्डले जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने जिकिर गरे।

कालापानी,लिपुलेकबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले छिमेकीहरूसँग देखिएको सिमानाको विवादलाई वार्ता र संवादबाट टुङ्ग्याउनुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.