रास्वपाको सचिवालय बैठक जारी, यस्ता छन् मुख्य एजेण्डा
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बसिरहेको छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा पार्टी मुख्यालय वनस्थलीमा बैठक बसेको छ । बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल भइरहेको पार्टी महासचिव कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन गर्ने तयारी गरिरहेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक निर्णयहरू सचिवालय बैठकमार्फत अघि बढाइने जनाइएको छ ।
यस्ता छन् बैठकको कार्यसूची
२. प्रदेश अधिवेशनको समीक्षा तथा महाधिवेशन तयारी सम्बन्धमा ।
३. महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा ।
४. विधान संशोधन मस्यौदा सम्बन्धमा ।
५. पार्टी समायोजन सम्बन्धी प्रगति सम्बन्धमा ।
६. विविध ।
प्रतिक्रिया दिनुहोस !