टेक्सासमा बाढीबाट ४३ जनाको मृत्यु

टेक्सासमा बाढीबाट ४३ जनाको मृत्यु

टेक्सास : अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार, सो बाढीमा परी अहिलेसम्म १५ बालबालिकासहित ४३ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ।

केर काउन्टीका अधिकारीहरूले नदीको किनारमा रहेको क्रिश्चियन युवा शिविरबाट २७ बालबालिका हराएको बताएका छन्। अहिलेसम्म करिब ८५० जनालाई उद्धार गरिएको छ। टेक्सासको हन्ट नजिकै ग्वाडालुप नदीको किनारमा रहेको शिविरका २७ जना अझै बेपत्ता छन्।

केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाइअनुसार, थप व्यक्तिहरू हराइरहेका हुन सक्ने भएकाले मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ।  उद्धारकर्ताहरू बाढीले बगाएको हुन सक्ने मानिसहरूलाई खोज्न ग्वाडालुप नदीको माथि र तल गइरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले आपतकालीन अवस्थाको सामना गर्न स्थानीय अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको बताएका छन्।
गृह सुरक्षा सचिव क्रिस्टी नोएमले राष्ट्रपति ज्यान गुमाउनुले स्तब्ध भएको बताउँदै पूर्ण संघीय सहयोगको वाचा गरेकी छन्। 

मौसम पूर्वानुमानले यस क्षेत्रमा थप वर्षा र सम्भावित रूपमा थप बाढी आउन सक्ने संकेत गरेको छ।शुक्रबारको बाढीबाट अझै पनि प्रभावित केही क्षेत्रहरूमा १० इन्चसम्म वर्षा हुन सक्ने सम्भावना छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.