पाकिस्तानका प्रधानमन्त्रीले भने- अमेरिका र इरान बीचको सम्भावित सम्झौताले २४ घण्टाभित्र अन्तिम रूप पाउँछ
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच सम्भावित सम्झौतालाई आगामी २४ घण्टाभित्र अन्तिम रूप दिने बताएका छन्। उनले सम्झौतालाई अन्तिम रूप दिएपछि अर्को हप्ता प्राविधिक वार्ता हुने बताएका हुन्।
नेपाली समयअनुसार शनिबार साँझ पौने ५ बजे सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले आगामी २४ घण्टाभित्र शान्ति वार्ता भइसक्ने अपेक्षा गरिएको बताए।
'हामी पहिले भन्दा शान्ति सम्झौताको नजिक छौं,' सरिफले भने, 'यदि सम्झौतालाई अन्तिम रूप दिइयो भने तुरुन्तै विद्युतीय हस्ताक्षर हुनेछ।’
उनका अनुसार सम्झौतामा हस्ताक्षर भएमा अर्को हप्ता प्राविधिक तहको वार्ता हुनेछ। उनले भने, ‘हामी वार्ताका क्रममा निरन्तर सहयोगका लागि संयुक्त राज्य अमेरिका र इरानलाई धन्यवाद दिन चाहन्छौं। यस क्षेत्रका हाम्रा दाजुभाइहरूलाई उनीहरूको समर्थनको लागि हार्दिक आभार व्यक्त गर्दछौं।’
प्रधानमन्त्री सरिफले यो ऐतिहासिक शान्ति सम्झौता दिगो शान्तिको लागि बलियो आधार बन्नेमा आफू विश्वस्त रहेको बताए।
प्रतिक्रिया दिनुहोस !