नेपालले आज उज्बेकिस्तानसँग खेल्दै, इतिहास रच्ने अवसर

नेपालले आज उज्बेकिस्तानसँग खेल्दै, इतिहास रच्ने अवसर

काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ। तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ। 

समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन्। समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ। 

null

पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० ले हराएको थियो। उज्बेकिस्तानले पनि पहिलो खेलमा श्रीलंकालाई १० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा लाओसलाई ७-० ले हरायो। दुवै टिमले हालसम्म क्लिनसिप राखेका छन्। यी दुवै टिमको गोल अन्तर पनि बराबर रहेको छ।

नेपाल २६ वर्षपछि एसियन कप खेल्न चाहन्छ भने २२ वर्षपश्चात एसियन कपमा स्थान बनाउन चाहन्छ। नेपालले हालसम्म तीनपटक मात्रै एसियन कप खेलेको छ। नेपालले सन् १९८६ सन् १९८९ र १९९९ मा एसियन कप खेलेको थियो।

उज्बेकिस्तानले हालसम्म पाँच पटक एसियन कप खेलेको छ। पहिलो पटक १९९५ मा एसियन कप खेलेको जुबेकिस्तानले १९९७, १९९९, २००१ र २००३ मा एसियन कप खेलेको थियो। फिफा वरियतामा नेपाल १०० औँ स्थानमा रहेको छ भने उज्बेकिस्तान ५१ औं स्थानमा रहेको छ। 

हालसम्मको हेड टु हेड नतिजामा महिला एसियन कप १९९९ मा नेपाल र उज्बेकिस्तानले खेलेका थिए, जसमा नेपाल ६-१ ले पराजित भएको थियो। 

नादेज्दा कप २०१९ मा नेपाल उज्बेकिस्तानले खेलेका थिए। जसमा लिग चरणमा उज्बेकिस्तानले नेपाललाई २–० ले पराजित गरेको थियो। यी दुवै टिम फाइनल प्रवेश गरेका थिए। फाइनलमा पुन: ३-२ ले पराजित गरेको थियो।
यी दुई टिमले एएफसी एसियन कप अन्तर्गत समूह एफको अन्तिम खेलमा चौथोपटक एकअर्काको सामना गर्नेछन्। 

नेपालले एसियन कप छनोट भएको अवस्थामा फिफा विश्वकप र २०२८ को ओलम्पिकको  छनोटमा समेत अवसर बनाउनेछ। २०२७ मा ब्राजिलमा हुने महिला विश्वकपको छनोटको आधार पनि एसियन कप रहेकाले नेपालका लागि विश्वकपको सपना पछ्याउने यो एक सुनौलो माध्यम हुन सक्नेछ। 
एसियन कप खेल्ने १२ मध्ये शीर्ष ६ टिमले फिफा विश्वकपमा स्थान बनाउनेछन्। सन् २०२८ को ओलम्पिकको लागि पनि नेपालले मौका पाउने छ।

दक्षिण एसियाली फुटबल साफको विजेता बङ्गलादेशले भने पहिलो पटक एसियन कपमा छनोट हुँदै इतिहास रचेको छ। साफको उपविजेता रहेको नेपालका लागि पनि यो असम्भव भने छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.