दक्षिण कोरियाका राष्ट्रपति युन पदमुक्त

दक्षिण कोरियाका राष्ट्रपति युन पदमुक्त
सुन्नुहोस्

सौल : संवैधानिक अदालतले राष्ट्रपति युन सुक योलको महाभियोगलाई सदर गर्दै उनलाई तत्काल पदमुक्त गर्ने निर्णय गरेको छ। संवैधानि अदालतका आठैजना सदस्य योलमाथिको अभियोग सदर गरी उनलाई पदमुक्त गर्ने फैसलामा एकमत भएका थिए।

राष्ट्रपति युनलाई पदच्युत गर्ने निर्णय राष्ट्रिय सभाले महाभियोग प्रस्ताव पारित गरेको १११ दिनपछि आएको हो। उनलाई गत डिसेम्बर ३ मा सैन्य शासन घोषणा गरेको आरोपमा राजद्रोहको अभियोग लगाइएको थियो। 

कार्यवाहक प्रधानन्यायाधीश मुन ह्युङ बेले बिहान ११ बजे अदालतको निर्णय पढ्न सुनाएका थिए।

यो दक्षिण कोरियाको इतिहासमा आठ वर्षमा पहिलो पटक राष्ट्रपतिको पदच्युत भएको घटना हो। यसअघि मार्च २०१७ मा तत्कालीन राष्ट्रपति पार्क ग्युन(हेको महाभियोग सदर गरिएको थियो। संविधानको धारा ६८ अनुसार, संवैधानिक अदालतको निर्णयपछि ६० दिनभित्र नयाँ राष्ट्रपति चुनाव गरिनुपर्छ।

पार्कको महाभियोगमा संवैधानिक अदालतले १० मार्च २०१७ मा निर्णय सुनाएको थियो। जसको ठीक ६० दिनपछि ९ मेमा राष्ट्रपति चुनाव भएको थियो। जहाँ डेमोक्रेटिक पार्टीका नेता मुन जे(इन विजयी भएका थिए। यस पटक पनि महाभियोगको निर्णय जारी भइसकेपछि ६० दिनभित्र आमनिर्वाचन गर्नुपर्छ।

राष्ट्रपति युन पदच्युत भएपछि उनी र उनकी पत्नी किम गन-हीले सेन्ट्रल सिओलको हाननाम-दोङस्थित राष्ट्रपति निवास खाली गर्नुपर्नेछ। यदि उनी आफ्नो अघिल्लो निवास दक्षिण सिओल फर्कने हो भने,सुरक्षा व्यवस्था उपलब्ध हुनेछ।  हालको कानुनअनुसार, कार्यकाल पूरा नगरी पदच्युत भएका राष्ट्रपतिलाई १० वर्षसम्म सुरक्षा सेवा उपलब्ध गराइनेछ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.