ट्रम्प–जेलेन्स्की बहसपछि अमेरिकामै युक्रेन समर्थकको प्रदर्शन

ट्रम्प–जेलेन्स्की बहसपछि अमेरिकामै युक्रेन समर्थकको प्रदर्शन

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार ह्वाइट हाउसमा भएको तिक्ततापूर्ण बहसपछि अमेरिकाभर युक्रेनको समर्थनमा प्रदर्शन भएका छन् । ओभल अफिसमा यी तीन नेताबीच भएको उग्र विवादपछि युक्रेनका लागि आफ्नो समर्थन जनाउँदै सयौं मानिसले न्युयोर्क, लस एन्जलस र बोस्टनमा प्रदर्शन गरेका हुन् ।

युक्रेन समर्थक चिन्हसहितका झन्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारीहरू वेट्सफिल्ड, भर्मन्टको सडकमा पनि लाइनबद्ध भएर प्रदर्शनमा उत्रिए । उक्त सडकमार्गबाट उपराष्ट्रपति भान्स र उनको परिवार बिदा मनाउने सिलसिलामा स्की रिसोर्टको भ्रमणमा जाने तालिका थियो । प्रदर्शनका कारण भान्स परिवार आफ्नो पूर्वनिर्धारित तालिकाभन्दा फरक हिसाबले स्की रिसोर्टबाट अज्ञात स्थानमा सरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । 

शुक्रबारको वार्ता अगाडि नै ट्रम्प–भान्स प्रशासनविरुद्ध वेट्सफिल्डमा गत साताको सुरुमै विरोध प्रदर्शन गरिएको थियो । ‘मलाई लाग्छ शुक्रबार ह्वाइट हाउसमा भएको प्रदर्शनले आज अझै धेरै मानिसलाई बाहिर निस्कन प्रेरित गरेको छ’, विरोध प्रदर्शन गर्ने समूह इन्डिभिजिबल म्याड रिभर भ्यालीकी जुडी डेलीले भनिन् । 

‘भ्यान्सले सीमा पार गरे’, अर्की प्रदर्शनकारी कोरी गिरोक्सले थपिन् । भ्यान्स परिवारको यात्रा अघि भर्मोन्टका गभर्नर फिल स्कटले मानिसलाई उनको परिवारप्रति आदर सम्मान व्यक्त गर्न आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.