अर्थमन्त्री पौडेललाई सिम्रिक एयरको हेलिकोप्टरमा काठमाडौं पठाइयो

अर्थमन्त्री पौडेललाई सिम्रिक एयरको हेलिकोप्टरमा काठमाडौं पठाइयो

पोखरा : अर्थमन्त्री विष्णु पौडेललाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ। पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्‍घाटन गर्ने क्रममा अर्थमन्त्री पौडेल घाइते भएका थिए। अर्थमन्त्री सचिवालयका अनुसार पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको हो।

त्यस्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई पनि थप उपचारका लागि काठमाडौं पठाइएको छ। पोखराका सहायक सिडिओ शिव लम्सालका अनुसार घाइते भएका मेयर आचार्यलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको हो। 

शनिबार पोखरा प्रदर्शनी केन्द्रमा भ्रमण वर्षको उद्‍घाटन गर्ने क्रममा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए। उनीहरूलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो। चिकित्सकहरूले थप उपचारका लागि बर्न अस्पताल जानुपर्ने सुझाव दिएपछि उनीहरूलाई काठमाडौं पठाइएको सहायक सिडिओ लम्सालले अन्नपूर्णलाई बताए। 

यो पनि पढ्नुस्:

पोखरा भ्रमण वर्ष घोषणा समारोहमा अर्थमन्त्रीले उडाउन लागेको बेलुनमा आगो परेपछि...
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.