अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा भ्रमण वर्ष घोषणा समारोहमा अर्थमन्त्रीले उडाउन लागेको बेलुनमा आगो परेपछि...

पोखरा भ्रमण वर्ष घोषणा समारोहमा अर्थमन्त्रीले उडाउन लागेको बेलुनमा आगो परेपछि...

पोखरा : पोखरा भ्रमण वर्ष घोषणा समारोहका प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेल बेलुन उडाएर कार्यक्रम उद्घाटन गर्दा घाइते भएका छन्। शनिबार पोखरा प्रदर्शनी केन्द्रमा पौडेलले समारोह उद्घाटन स्वरुप बेलुनको झुत्तो उडाउन लागेका थिए। झुत्तो पोखराका मेयर धनराज आचार्यले मन्त्री पौडेललाई हस्तान्तरण गर्दा गर्दै नजिकै झिलझिल बालिएको आगोले टिपेको थियो। त्यही आगोले बेलुनको झुत्तो पड्किएको हो। 

बेलुनको झुत्तो पड्किँदा अर्थमन्त्री पौडेल र मेयर स्वयंलाई पनि सामान्य चोट लागेको हो। गालामा आगोले चोट पुगेपछि मन्त्री पौडेललाई उद्घाटन समारोहबाट मेयर आचार्यले नै अस्पतालमा पुर्‍याएका छन्। प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष घोषणा समारोह भने जारी छ।  

आगोले बेलुन टिपेपछि अर्थमन्त्री पौडेलले तत्काल मञ्चतर्फ दौडिएर कोट र टोपी फुकालेका थिए। उनका सुरक्षाकर्मीले तत्कालै शरीरमा कतै आगोका झिल्का छन् कि भनेर टकटक्याएका थिए। उद्घाटपछि हाइड्रोजन ग्यास भारिएको बेलुन उडाउन मेयर धनराज आचार्यले मन्त्री पौडेललाई अगाडिको रोमा बोलाएका थिए। 

त्यसक्रममा उद्घाटनका बेलामा बालिएको बत्तीले बेलुनमा आगो सल्किएको हो। अर्थमन्त्रीका सचिवालयले पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी पौडेलको स्वास्थ्यमा केही असर परेको जनाएको छ। पौडेलको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको सचिवालयको भनाई छ । अर्थमन्त्री पौडेल आजै काठमाडौं आउने कार्यक्रम छ।

हाइड्रोजन अत्यन्तै प्रज्ज्वलनशील पदार्थ मानिन्छ। निकै हल्का पदार्थ हुने भएकाले बेलुन उडाउन यसको प्रयोग हुन्छ। 

पोखरा महानगरपालिकाले शनिबार २०२५ वर्षलाई पोखरा भ्रमण वर्षका घोषणा गर्न मन्त्री पौडेल पोखरा आएका थिए। कार्यक्रममा संघीय पर्यटन मन्त्री बद्री पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकीका पर्यटन मन्त्री मित्रलाल बस्याल लगायत उपस्थित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.