विद्यार्थीलाई न्यानो कपडा वितरण
मकवानपुर : मकवानपुरको बागमती गाउँपालिका–३ स्थित तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
आर्थिक अवस्था कमजोर भएका ६६ जना बालबालिकाहरूलाई मंगलबार डिभाइन युथ क्लब नेपाल हेटौंडा तथा जगत्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रले संयुक्त रूपमा न्यानो कपडा तथा शैक्षिक सामग्री उपलब्ध गराएको हो।
बागमती ३ गढनसिरस्थित श्री फुलमन्दिर आधारभूत विद्यालयका ११ जना, श्री जनश्रम आधारभूत विद्यालयका २३ जना र श्री जनप्रभात आधारभूत विद्यालयका ३२ जना बालबालिकालाई सहयोग गरिएको डिभाइन युथ क्लब हेटौंडाका संयोजक विवेक सुवेदीले जानकारी दिए।
कार्यक्रममा बागमती गाँउपालिकाका प्रवक्ता तथा ३ नम्वर वडा अध्यक्ष कमान सिं पाख्रिनले मानव कल्याणको दृष्टिकोणबाट सो कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताए। सामाजिक सेवाको भावना बोकेर आउने विभिन्न संघ संस्थासँग सहयोग समन्वय गर्न बागमती गाउँपालिका तयार रहेको समेत उनले बताए।
प्रतिक्रिया दिनुहोस !