प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : एसपीपी सम्झौता हुँदैन

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : एसपीपी सम्झौता हुँदैन
सुन्नुहोस्

विराटनगर  : प्रधानमन्त्री केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार बिहान पत्रकारले सोधेका प्रश्नको संक्षिप्त जवाफ दिँदै ओलीले एसपीपी सम्झौता नहुने बताएका हुन् । जहाजबाट ओर्लिएर गाडी चढ्ने बेलामा उनलाई पत्रकारले मुलुकको आर्थिक समृद्धि र अमेरिकाले प्रस्ताव गरेको एसपीपीका बारेमा प्रश्न गरेका थिए । जवाफमा ओलीले एसपीपी सम्झौता नहुने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार वर्तमान सरकारले एसपीपी सम्झौता गर्न सक्ने आशंकापूर्ण अभिव्यक्ति दिएका थिए । विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका गरेका हुन् । आइतबार मकवानपुरको हेटौंडामा आयोजित पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले एमसीसीभन्दा अझ गम्भीर प्रकृतिको एसपीपी सम्झौता सरकारले गर्नसक्ने जिकिर गरेका थिए । 

तर,विराटनगर विमानस्थलमा ओलीले एसपीपी सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले मुलुकमा आर्थिक समृद्धिको काम भइरहेको बताए । ‘मुलुकको समृद्धिका लागि हामी काम गर्दैछौं,’उनले भने । त्यसपछि ओलीले थप प्रतिक्रिया दिन चाहेनन् । 

उनले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग लामो कुराकानी गर्न पनि चाहेनन् । बुद्ध एयरको जहाजबाट करिब ११ बजे विमानस्थलमा अवतरण भएका ओलीले पत्रकारसँग लामो कुरा गर्न मानेनन् । यसअघि प्रधानमन्त्रीलगायत विशिष्टहरु आउँदा विमानस्थलको भीआईपी कक्षमा पत्रकारहरुसँग समसामयिक विषयमा कुरा गर्ने गर्थे । 

तर,आज (सोमबार) ओली आउँदा भने पत्रकारलाई भीआईपी कक्षमा प्रवेश निषेध गरियो । प्रहरीले बाहिरै रोकेर राखेको थियो । ओली आउने खबर सुनेपछि प्रतिक्रिया लिनका लागि पत्रकारहरु विमानस्थल पुगेका थिए । बेलुका काठमाडौं फर्किंदा कुरा गर्ने भन्दै उनी विराटनगरको होटल ह्यारिसनतिर लागे । ओलीको स्वागत एवं सुरक्षाका लागि भनेर २५ वटाभन्दा बढी अगुवा पछुवा गाडीको लाम लागेको थियो । 

उनी केहीबेर होटल ह्यारिसमा आराम गरेर सुनसरीको धरानतिर जाने कार्यक्रम छ । उक्त होटल उद्योगी एवं एमाले नेता मोती दुगडको हो । ओली विराटनगर आउँदा प्राय यही होटल प्रयोग गर्छन् । प्रधानमन्त्री आउने भएपछि विराटनगर र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो । 

ओली सुनसरीको धरान जाने कार्यक्रम छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औं दीक्षान्त समारोहमा सहभागी हुन उनी पूर्व आएका हुन् । उनी आजै अपरान्ह विराटनगर विमानस्थल हुँदै काठमाडौं फर्किने कार्यक्रम रहेको सुरक्षा स्रोतले बतायो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.