सहकार्य गर्न जति ढिला गर्‍यो, दुर्घटना त्यति नै भयानक हुनेवाला छ : प्रचण्ड

सहकार्य गर्न जति ढिला गर्‍यो, दुर्घटना त्यति नै भयानक हुनेवाला छ : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले वामपन्थी दलहरूलाई छिटोभन्दा छिटो सहकार्य गर्न आह्वान गरेका छन्। मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेलाई पनि सहकार्यका निम्ति आह्वान गरे। 

वामपन्थीहरू सहकार्य गर्न ढिलाइ गरे ठूलो दुर्घटना हुने उनको भनाइ छ। 'ढिलो नगरी, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासीजमका विरुद्ध र वैदेशिक दबाबका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तिहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु,' उनले भने।

उनले तत्काल पार्टी एकता नभए पनि सहकार्यका निम्ति जोड दिए। 'मैले भोलि नै पार्टी एकता गरौं, बेलुका नै पार्टी एकता गरौं भनेको छैन। सहकार्य चाहिँ आजै सकिन्छ भने आजै गरौं भनेको हुँ,' उनले भने।

उनले संसद, सडक र चुनावमा पनि सहकार्य गर्न आह्वान गरे। 'अहिले जसरी थुप्रै चिजहरू भएका छन्। ट्रेड युनियनका कुरा, विद्यार्थी संगठनका कुरा चाहे सीमानाका कुरा, गरिब र मजुरका विरुद्ध जुन षड्यन्त्र भएको छ। त्यसका निम्ति मिल्न सक्नेहरू, सहकार्य गर्न सक्नेहरू जति ढिला गर्‍यो, त्यति नै भयानक दुर्घटना हुनेवाला छ,' उनले भने।

उनले मदन भण्डारीको सम्मानका निम्ति पनि अहिलेको परिस्थितिमा सहकार्यका निम्ति एक हुनुपर्ने बताए। 'ढिला गर्ने इन्टेशन राख्दा पनि अहिले दुर्भाग्य हुन्छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.