हामीले देश बर्बाद पार्‍यौं भन्ने भाष्य गलत हो : केपी ओली

हामीले देश बर्बाद पार्‍यौं भन्ने भाष्य गलत हो : केपी ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश बर्बाद पारेको भन्ने भाष्य गलत भएको दावी गरेका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूहरुले देश बर्बाद पारेको नभई अगाडि बढाएको बताए ।

उनले देश विकास कसरी अगाडि बढेको थियो भन्ने कुरा प्यारामिटरमा हेरिनु पर्ने समेत बताएका छन् । अध्यक्ष ओलीले आफूहरुले कसरी विकास, पूर्वाधारका कामहरु गरेको थियो त्यो हेरिनु पर्ने बताए । अध्यक्ष ओलीले आफूहरुले गलत काम गरेर, देशद्रोही काम गरेर, जनताका विरुद्ध काम गरेर, विकासका काम गर्न नसकेर जनतामा असन्तुष्टि, युवामा असन्तुष्टि बढेको भन्ने कुरा समेत गलत भएको बताए ।

उनले झुटा प्रचार गरेर, आफूहरुले भ्रष्टाचार गरेको भनेर, अफवाह फैलाएर बदनाम गर्ने, चरित्र हत्या गर्ने कामबाट विस्थापित गर्ने काम गरिएको बताए । उनले कसैको पक्षपोषणमा बोल्यो भने त्यसका विरुद्धमा मनपरी बोलेर हतोत्साहित गर्ने अनि त्यसलाई अल्गोरिदमको स्थितिमा पु¥याउने, मोवाइलको माध्यमबाट चरम बदनाम गर्ने खालका क्रियाकलापहरु भएको बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.