भारत र चीनसँगको सम्बन्ध सन्तुलित राख्नुपर्छ : एमाले

भारत र चीनसँगको सम्बन्ध सन्तुलित राख्नुपर्छ : एमाले
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले दुई छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउनुपर्ने बताएको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले बदलिँदो विश्व राजनीतिलाई ध्यानमा राख्दै भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने निष्कर्ष निकालेक हो।

'हालै अमेरिकाको राष्ट्रपतीय निर्वाचन सम्पन्न भयो। रुसमा पनि ब्रिक्स सम्मेलन भय। विश्वमा भइरहेका नयाँ घटनाक्रमबारे बैठकमा छलफल गर्‍यौं। सरकारल बदलिँदो विश्व राजनीतिको बहाबलाई ध्यानमा राख्दै राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ,' उपमहासचिव प्रदीप ज्ञवालीले भने।

उनले प्रधानमन्त्रीको चीन भ्रमणबारे पनि छलफल भएको बताए। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली डीसेम्बर पहिलो साता चीनको भ्रमण गर्दैछन्। प्रधानमन्त्रीको भ्रमण अधिकतम राष्ट्रिय हितमा हुने विश्वास लिएको उनले बताए।

त्यस्तै सरकारको चार महिने कार्यकालबारे पनि छलफल भएको उनले बताए। सरकारको काम कारबाहीलाई अगाडि बढाउन दुई दलको विभिन्न संयन्त्र बनेको र उक्त संयन्त्रमार्फत काम कारबाहीहरू राम्रो हुँदै जाने उनको भनाइ छ। त्यस्तै एमाले बैठकले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका उम्मेदवारहरूको टुंगो लगाएको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.