क्यान्सर रोग निवारण रणनीति बनाउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन्।
सोमबार पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नेपालमा क्यान्सर रोगका बिरामी दिन प्रतिदिन बढिरहेको अवस्थामा निवारण रणनीति बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन्।
मन्त्री पौडेलले एक हप्ताभित्र मन्त्रालयले गर्ने तात्कालीन र दीर्घकालीन कार्यक्रमहरू सार्वजनिक गर्ने बताए। आफू कुरा गर्नेभन्दा पनि काम गर्ने ठाउँमा आएको भन्दै उनले कर्मचारीहरूसँग छलफल र परामर्श गरेर अघि बढ्ने बताए।
उनले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबैको सहयोग अपरिहार्य हुने बताए। स्वास्थ्य क्षेत्रमा राज्यले गरेको लगानीको पूर्ण प्रतिफल दिने र लगानी बढाउने प्रयत्न गर्ने पनि उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !