प्रहरी परिसरमा निर्मित संरचना प्रहरी महानिरीक्षकद्वारा उद्‍घाटन

प्रहरी परिसरमा निर्मित संरचना प्रहरी महानिरीक्षकद्वारा उद्‍घाटन

उदयपुर : विभिन्न उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय परिसरमा निर्मित संरचनाको शुक्रबार उद्‍घाटन गरिएको छ। ‘द लाइब्रेरी क्याफे, शैलेश्वर शिव मन्दिर र अमर प्रहरी स्मृति उद्यानको नेपाल प्रहरी प्रमुख, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उद्‍घाटन गरेका हुन्।

तीनवटै संरचना कार्यालय प्रमुख एसपी रमेश थापा नेतृत्वको टिमले निर्माण गरेको हो। आफूले चाहेको र खोजेको किताब अध्ययन गर्न सबैको पहुँच पुगोस भन्ने हेतुले प्रहरी परिसरमा पुस्तकालय स्थापना गरिएको एसपी थापाले बताए। उनले भने, ‘फुर्सदको समय सदुपयोग गर्दै केही कुरा सिक्ने र सिकाउने अवसरको रूपमा हामीले पुस्तकालयलाई लिएका छौं। यसले पक्कै पनि सकारात्मक सोँचको विकास हुन्छ भन्ने विश्वास छ।'

इन्टरनेटसहितको सुविधा भएको पुस्तकालयमा दुई वटा कम्प्युटर राखिएका छन्। किताबमा नभएको विषयवस्तुको खोजी गरी अध्ययन गर्न कम्प्युटर उपयोगी हुने एसपी थापाले बताए। पहिलोचरणमा विभिन्न व्यक्तिहरुका दुई हजार पुस्तकहरू राखिएका छन्। कानुनी विषयमा जानकारी लिन कानुनका किताब, मानव अधिकारका सबाल, विभिन्न व्यक्तिहरूका कृति, लेख, रचना, खोज अनुसन्धानलगायतका पुस्तकहरू राखिएको उनले बताए।

बीच भागमा पुस्तक र्‍याक राखिएको छ भने चारै कुनामा बसेर पढ्नेगरी टेबुल र कुर्सीको व्यवस्था गरिएको छ। अझ पढ्नलाई जाँगर होस भन्ने हेतुले कफीको व्यवस्था गरिएको छ। अग्लो ठाउँमा रहेको पुस्तकालयबाट गाइघाट बजारको विहान, बेलुकाको मनोरम दृश्य देख्न सकिने छ। पुस्तकालय परिसरमा परम्परागत ढुंगेधारा निर्माण गरिएको छ। जुन २४सै घण्टा सञ्चालनमा आउने छ।

त्यस्तै अमर प्रहरी उद्यानमा अमर प्रहरीको स्तम्भ राखिएको छ भने २४ सै घण्टा पानीका फोहोराहरू निस्कने छ। यसका साथै सेवा लिन आएका महिलालाई लक्षित गरी बालबालिकाका लागि पिङ, चिप्लेटी, चाकलचुकलजस्ता खेलौनाहरूको छुट्टै बालउद्यान राखिएको छ। अमर प्रहरी उद्यानमा जामुनको विरुवा रोपेर तीनवटै संरचनाको उद्‍घाटन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको पछिल्लो रणनीति पहुँच नपुगेका सीमान्तकृत वर्गका हितमा काम गर्ने रहेको हुँदा प्राथमिकता दिएर काम गर्न निर्देशन दिए। 

उनले भने, ‘हाम्रो पहिलो लक्ष्य भनेकै नागरिकको सेवामा समर्पित भएकाले बिना भेद्भाव नागरिकका कामलाई सरलीकरण गर्नुस्, जसबाट सन्तुष्टि पुग्ने छ।' उनले अधिकार खोज्ने तर कर्तव्य र अनुशासन बिर्सने परम्परा छ, यसलाई आगामी दिनमा निस्तेज बनाउँदै लैजानुपर्ने बताए।

कुँवरले एसपी थापाले उदयपुरमा लागुऔषध, सार्वजानिक यातायात सुरक्षालगायतका क्षेत्रका गरेका नविन कामलाई प्रंशसा गर्दै अन्य जिल्लामा सिकाइको रूपमा लैजाने बताए। प्रहरी संगठनभित्र एसपी थापाको छबि निकै उत्कृष्ट रहेको बताउँदै उनले भने, ‘एसपी थापाजस्ता सीमित अधिकृतकै कारण प्रहरी संगठन गरिमा उच्च छ। हामी चाहन्छौं यस्ता अधिकृत अरु पनि निस्कनुपर्छ। त्यो प्रयत्नमा छौं,' उनले भने।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.