नक्कली नोटसहित मकवानपुरका ५ जना पक्राउ

नक्कली नोटसहित मकवानपुरका ५ जना पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले नक्कली नोट ५५ हजारसहित ५ जनालाई प्रक्राउ गरेको छ। गत आाइतबार प्रहरी चौकी नामटार मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरीले मकवानपुरको कैलाश गाउँपलिका- ९ का१८ वर्षका सीताराम थिङको साथबाट नेपाली एक हजारको १२ वटा नक्कली नोट फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारी बताए।  

त्यसलगत्तै सीताराम थिङलाई प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछ गर्दा उक्त नक्कली नोट हेटौंडा उपमहानगरपलिका-१४ घर भई हाल वडा नम्बर  ४ मा डेरा गरी बस्ने  ३७ वर्षीय सुनिल ढुङगानाले दिएको बताए। गत सोमवार सुनिल ढुङगानाको कोठामा खानतलासी गर्ने क्रममा निजको साथबाट १ हजारका नक्कली नेपाली नोट ४२ थान र  निजको छोरा वर्ष १८ वर्षका रोजल ढुङगानाको साथबाट १ हजारका नक्कली नेपाली नोट १ थान गरी ४३ हजार नक्कली नेपाली नोट फेला परेको प्रवक्ता भण्डारी बताए। 

उनीहरुलाई अनुसन्धान गर्दा सो कार्यमा मकवानपुर गढी गाउँपलिका–४ बस्ने २० वर्षका सोमराज थोकर र सोही स्थानका २८ वर्षीय रामेश्वर अर्यालको पनि संलग्नता रहेको खुलेको हो। उनीहरुलाई पनि नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ।  

नक्कली नेपाली नोटसहित पक्राउ परेका उनीहरुलाई मुद्रा सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.