घुससहित पक्राउ परेका कैलालीका जलाधार अधिकृतविरुद्ध अख्तियारले हाल्यो मुद्दा
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति,कार्यक्रम कार्यान्वयन इकाइ लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जलाधार अधिकृत पालविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिए।
उनका अनुसार तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अनुसन्धानबाट देखिएकाले अधिकृत पालविरुद्ध मुद्दा दायर गरेको हो।
पालविरुद्ध १ लाख २० हजार विगो र सजाय माग गरिएको अख्तियारले जनाएको छ। यसअघि वैशाख ५ गते सेवाग्राहीसँग १ लाख २० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पाललाई नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया दिनुहोस !
४
८