सिन्धुपाल्चोकका ३६ विस्थापित परिवारले पाए पूर्जा

सिन्धुपाल्चोकका ३६ विस्थापित परिवारले पाए पूर्जा
सुन्नुहोस्

सिन्धुपाल्चोक : बाढी पहिरोबाट विस्थापित भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका भित्रका ३६ घर परिवारलाई आवास निर्माणका लागि जग्गा धनी पूर्जा प्रदान गरिएको छ।

भोटेकोशीमा आएको बाढी र विभिन्न समयमा पहिरोमा परेका पीडितलाई नगरले लालपूर्जा दिएर आवास निर्माणका लागि सघाएको हो। नगरपालिका भित्र बाढीपहिरो तथा प्राकृतिक विपदका कारण विस्थापित परिवार नगरपालिकाभित्र जग्गा उपलब्ध गराई दुई चरणमा पूर्जा वितरण गरेको बाह्रबिसे नगरपालिकाले जनाएको छ।  

‘हामीले बाढी पहिरो तथा प्राकृतिक विपदका कारण विस्थापित भएर घरबार तथा जग्गाविहीन भएका स्थानीयको पहिचान गरी जग्गा धनी पूर्जा दिएका छौं’, नगरप्रमुख बालकृष्ण बस्नेत भने, ‘पहिलो चरणमा १४ घर परिवार र दोस्रो चरणमा २२ घर परिवार गरी ३६ घरपरिवारलाई आवास निर्माणका लागि जग्गा धनी पूर्जा दिएका हौं।’

विस्थापितमध्ये १५ घर परिवार सुकुमवासी हुन्। नगरले विस्थापितहरूको थप पहिचान गरी उनीहरूलाई आवास निर्माणमा सहयोग गर्ने बस्नेतले जनाए। ‘सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्ये विस्थापितहरूलाई स्थापित गर्नका लागि जुट्ने बाह्रबिसे नगरपालिका पहिलो हो’, बस्नेतले भने, ‘यो नगरभरी कुनै पनि नागरिक विपत्तिको कारण घरबारविहीन हुन नपसोस् भन्ने हाम्रो ध्येय छ।’

जग्गा धनी पूर्जा पाएपछि विपत्तिबाट विस्तापित तिलकबहादुर दमाई खुसी छन्। ‘अघिल्लो सरकारको पालादेखि नै विस्थापित भएका थियौं, अहिले आएर पूर्जा पायौं’, उनले भने, ‘हामीले अहिलेसम्म धेरै पीडा भोग्नु पर्‍यो अब घर बनाउन जग्गा पाउँदा खुसी छु।’ त्यस्तै अर्का विस्थापित कमलादेवी कार्की भन्छिन्, ‘२०७७ सालदेखी हामी टहरोमै बसिरहेका छौं। अहिले सरकारले हामीलाई पूर्जा दिएको छ। अब पूर्जा पाएपछि घर बनाउन सरकारले दिने सहयोगको सदुपयोग गरेर जीवन निर्वाहका लागि एउटा बास बनाउँछु।’

स्थानीय सरकारले जग्गा उपलब्ध गराएसँगै प्रदेश तथा केन्द्रीय सरकारले उपलब्ध गराएको ८ लाख रकममा स्थानीय सरकारले १५ प्रतिशत रकम थपेर विस्थापित परिवारलाई घर निर्माणमा सहयोग गर्ने बाह्रबिसे नगरपालिकाले जनाएको छ। पूर्जा वितरण कार्यक्रममा पुगेका पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले विपदको मारमा स्थानीय तहको सरकारको भूमिका ठूलो हुने भन्दै यो सहयोग साच्चै सह्रानीय भएको बताए। 

‘अहिले यहाँका जनप्रतिनिधिले बाह्रबिसेमा वास्तविक विस्थापितको पहिचान गरेर काम गरेको छ, जसका कारण स्थानीय सरकारको अनुभूति जनताले गरेका छन्’, उनले भने, ‘स्थानीय जनप्रतिनिधिले जनताको सुख दुःख बुझ्न सक्नुपर्छ। यस्तै काम गर्दै जाँदा तपाईंहरू जनताको अभिभावक भएको उहाँहरूमा अनुभूति हुन्छ।’ 

विस्थापित भएको ४ सय ८१ परिवारले जिल्लाको विभिन्न स्थानमा जग्गा प्राप्त गरिसकेका छन्। त्यसमध्ये बाह्रबिसे नगरपालिकाका ३६ परिवारले जग्गा पाइसकेका छन् भने ५८ परिवारले घर निर्माण गरिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.