जागिर छाडेर गाउँमा साबुन उद्योग सञ्चालन

जागिर छाडेर गाउँमा साबुन उद्योग सञ्चालन
सुन्नुहोस्

सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका-८ मानेश्वाराका ३२ वर्षीय विमल राउत अहिले आफ्नै व्यवसायमा व्यस्त छन्। जागिरे जीवन छोडेर उनले ६ महिनाअघि गाउँमै मेटा साबुन उद्योग खोलेका छन्। 

उनी परिवारका सदस्यहरूसँग मिलेर लुगा धुने साबुन बनाइरहेका हुन्छन्। उद्योगबाट राउतले राम्रो आम्दानीसँगै चर्चा पनि कमाइरहेका छन्। आसपासका विभिन्न बजारमा साबुन पुर्याउँछन्। कतिपय भने राउतको कारखाना मै पुगेर पनि साबुन खरिद गर्छन्। बजारबाट ल्याउने साबुनको कारखाना गाउँमै स्थापना भएपछि स्थानीय पनि खुशी छन्।

साबुन कसरी बनाइन्छ भनेर थाहा नभएकाहरू अहिले साबुन बनाएर बेचिरहेका मात्रै छैनन् दैनिक रुपमा आवश्यक पर्ने साबुन आफैंले बनाउन सकिन्छ भनेर पुष्टि गरिरहेका छन्। आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने सोच भएर साबुन उद्योग सञ्चालनमा ल्याएको राउत बताउँछन्।

‘पहिले देखिनै गाउँमै केही गर्छु भन्ने लाग्थ्यो, बीचमा विदेश जान्छु भन्ने पनि लाग्यो, अहिले आफ्नै ठाउँमा सानोतिनो उद्योग सञ्चालन गरेको छु’, उनी भन्छन्। सुरुवाती चरणमा लुगा धुने साबुन मात्र बनाइरहेका उनले बजारको अध्ययन पछि नुहाउने साबुन र डिटर्जेन्ट पनि बनाउने लक्ष्य रहेको सुनाए।

आफ्नो नयाँ ब्राण्ड भएपछि बजारमा नाम चलेका ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्न कठिन हुने राउतको भोगाइ छ। सुरुवाती अवस्थामा आफूहरूले उत्पादन गरेको साबुनले बजार पाउन निकै मुस्किल हुने गरेको स्मरण गर्दै उनले भने– ‘सानो व्यवसाय गर्नेलाई ठूलो लगानीका व्यवसायीलाई जस्तो सहज नहुँदो रहेछ। सुरुवात गर्दा विभिन्न समस्या बेहोर्नुपर्‍यो।’ 

तर साबुन लगेर प्रयोग गर्नेहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको उनी बताउँछन्। अहिलेसम्म सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे, भोटेकोशी, बलेफी गाउँपालिकामा उनको ब्राण्डले बजार पाउन थालेको छ। माग अनुरूप उत्पादन पनि बढाउँदै लैजाने उनको योजना छ।
जिल्लाभरि नै आफ्नो उत्पादन टिकाइराख्ने उनको लक्ष्य छ। उत्पादनले राम्रो बजार पायो भने अन्य युवालाई समेत रोजगारी दिनेमा राउत विश्वस्त छन्। उनले स्थानीय उत्पादनलाई प्रोत्साहन दिन र युवाहरूलाई स्वदेशमै रोजगार बनाउने उद्देश्यमा सहयोग गर्न अनुरोध समेत गरे।

उनले सुरुवाती चरणमा २५ लाखको लगानीमा साबुन उद्योग सञ्चालन गरेका थिए। अहिले सुरुवाती चरणमा खर्च कटाएर मासिक ३० देखि ३५ हजारसम्म आम्दानी भइरहेको उनी बताउँछन्। कम्पनी दर्तासँगै जिल्ला घरेलु कार्यालय सिन्धुपाल्चोकमा उद्योग दर्ता गरेर आफ्नो काम अगाडि बढाएका राउतले सुरुमा तालिम लिएर सीप सिकेको बताए।

‘आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर साबुन उद्योग सञ्चालनमा ल्याएको छु,’ उनले भने– ‘यहाँबाट उत्पादित साबुन खपत गराउनका लागि स्थानीय सरकारले केही प्रयास गरिदिए हामी जस्ता साना उद्यमीहरूको मनोबल बढ्नेछ।’ उत्पादित साबुन बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गरिदिनु पर्ने उनको अपेक्षा छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.