बागलुङमा जिल्ला लिग फुटबल प्रतियोगिता हुने

बागलुङमा जिल्ला लिग फुटबल प्रतियोगिता हुने
सुन्नुहोस्

बागलुङ : बागलुङमा जिल्ला छनौट (नकआउट) चरण प्रतियोगिता र जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ।

बागलुङ जिल्ला फुटबल संघले बैशाख २६ गतेदेखि २८ गतेसम्म जिल्ला छनौट (नकआउट) चरणको खेल र ३१ गतेदेखि जेठ ६ गतेसम्म जिल्ला लिग फुटबल प्रतियोगिता आयोजना गर्ने शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ।

बागलुङ जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारीले नवप्रवेशी ३ टिम र पहिले रेलिगेशनमा परेका दुई टिम गरी ५ टिमबीच वैशाख २६ गतेदेखि नकआउट चरणको खेल सञ्चालन हुने बताए। उनले नकआउट चरणमा अमर आदर्श स्पोर्टस् क्लब, तमान युवा क्लब, संयुक्त चार युवा क्लब र बागलुङ एकता क्लब र आदर्श विद्यामन्दिर खेलकुद क्लबले प्रतिस्पर्धा गर्ने जानकारी दिए। नकआउट चरणको विजेता टिमले अर्को वर्ष हुने जिल्ला लिग फुटबल प्रतियोगितामा बढुवा हुने बागलुङ जिल्ला फुटबल संघका महासचिव रेशम गोतामेले जानकारी दिए। 

यस्तै वैशाख ३१ गतेदेखि जेठ ६ गतेसम्म सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ। फुटबल संघले ८ टिमलाई दुई समूहमा विभाजन गरेर लिग सञ्चालन गर्न लागेको जनाएको छ। ‘जिल्ला लिगमा ८ टिमको सहभागिता रहेको छ,’ अध्यक्ष राजभण्डारीले भने,‘४/४ टिमलाई दुई समूहमा विभाजन गरेर एक टिमले तीन खेल खेल्ने गरी लिग गर्दैछौं। दुई समूहको शीर्षस्थानमा रहने दुई टिमले उपाधि विजेताको लागि प्रतिस्पर्धा गर्नेछन्।’

लिगमा पावर फिटनेस क्लब, बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, वीर गोर्खाली युवा क्लब, रामरेखा फुटबल क्लब, कालिका भगवती युवा क्लब, बालजीवन खेलकुद क्लब, रुद्रेपिपल युवा क्लब र गुठी युनाइटेड क्लबले प्रतिस्पर्धा गर्ने छन्। संघले लिगमा सहभागी हुने टिमले धौलागिरी अञ्चल बाहिरका दुई र छिमेकी जिल्ला पर्वत, म्याग्दी र मुस्ताङका चार जना गरी ६ जनासम्म खेलाडीहरु राख्न पाउने नियम गराएको महासचिव गोतामेले बताए। उनले नकआउट चरणका खेलमा सहभागी हुने टिमले जिल्ला बाहिरका खेलाडीहरूलाई समावेश गर्न नपाउने बताए।

फुटबल संघले शनिबार नकआउट चरण र लिगको समय तालिका समेत सार्वजनिक गरेको छ। नकआउट चरणको पहिलो खेल संयुक्त चार युवा क्लब र आदर्श विद्यामन्दिर बीच हुनेछ। यस्तै पहिलो सेमिफाइनल अमर आदर्श स्पोर्टस् क्लब र बागलुङ एकता क्लबबीच हुनेछ भने दोस्रो सेमिफाइनल तमान युवा क्लब र पहिलो खेलको विजेता टिम बीच हुनेछ। 

यस्तै जिल्ला लिगमा दुई समूह विभाजन गरिएको छ। समूह ‘क’मा बागलुङ कालिका युवा क्लब ‘बागलुङ सुधार केन्द्र’, रुद्रेपिपल युवा क्लब, पावर फिटनेश क्लब र कालिका भगवती युवा क्लब  रहेका छन् भने समूह ‘ख’मा रामरेखा फुटबल क्लब, गुठी युनाइटेड क्लब, वीर गोर्खाली युवा क्लब र बालजीवन खेलकुद क्लब रहेका छन्। 

लिग विजेताले नगद ७५ हजार, उपविजेताले ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच विधाका खेलाडीलाई जनही ५ हजार प्रदान गरिने अध्यक्ष राजभण्डारीले बताए। प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट ७ लाख बजेट प्राप्त हुनेछ। 

अपुग खर्च भने स्थानीय तह र व्यवसायीबाट जुटाइने अध्यक्ष राजभण्डारीले बताए। उनले प्रतियोगिताको लागि बागलुङ नगरपालिका वडा नं. २ को कार्यालयले खेलकुद सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए। संघले लिग तयारीका प्रत्येक टोलीलाई दुई किस्तामा गरी २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। पहिलो किस्तामा २० र दोस्रो किस्तामा ५ हजार प्रदान गरिने जिल्ला फुटबल संघका महासचिव रेशम गोतामेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.