हमासलाई ४० दिने युद्धविरामको प्रस्ताव

हमासलाई ४० दिने युद्धविरामको प्रस्ताव
फाइल तस्बिर।

प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र ‘सम्भावित हजारौं’ प्यालेस्टिनी कैदीहरूको रिहा गर्ने प्रस्ताव गरिएको बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले बताएका छन्। 

मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा प्यालेस्टिनी लडाकू समूहलाई ४० दिनको युद्धविराम र बन्धकहरूको रिहाईको बदलामा हजारौं प्यालेस्टिनी कैदीहरूको रिहाई गरिने प्रस्ताव गरिएको बताए।

हमासको एक प्रतिनिधिमण्डल इजिप्ट जाँदैछ । यसले गाजामा युद्धविराम र लगभग सात महिनाको युद्धपछि बन्धकहरूको रिहाईको लागि पछिल्लो प्रस्तावको जवाफ दिने अपेक्षा गरिएको छ ।

'हमासले यो सम्झौताका लागि सहमति दिनेछ र स्पष्ट रूपमा भन्नुपर्दा विश्वमा सबै दबाब र नजर आज उनीहरूमाथि हुनुपर्दछ जसले गर्दा उनीहरूले सम्झौताका लागि तयार हुनेछन्,'उनले भने। 

'यो प्रस्तावले हामी सवैका आखामा अप्रिय ‘लडाईमा रोक लगाउनेछ,' उनले भने। इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच भएको सम्झौतामा मध्यस्थता गर्ने प्रयास महिनौंदेखि गरिरहेका छन् । पछिल्ला दिनहरूमा कूटनीतिको उतारचढावले शत्रुतालाई रोक्ने दिशामा नयाँ धक्का दिएको देखिन्छ ।

बेलायती विदेशमन्त्रीले भने, 'इजरायलसँग सहअस्तित्वमा रहेको स्वतन्त्र प्यालेस्टाइन दुई राज्य समाधानका लागि राजनीतिक क्षितिजको रेखा प्रस्तावमा सुनिश्चित गरिएको छ ।' 

उनले भने, 'हामीले प्यालेस्टिनी जनताको राजनीतिक भविष्य हेर्नुपर्छ, तर हामीले इजरायलका लागि सुरक्षा पनि हेर्नुपर्छ अर्थात् यी दुई कुरा सँगसँगै जानुपर्छ ।'रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.