प्रचण्ड-ओलीसँगको छलफलपछि रविले भने - आरोप लागिसकेपछि मैले संसदमा बोल्न पाउनुपर्छ

प्रचण्ड-ओलीसँगको छलफलपछि रविले भने - आरोप लागिसकेपछि मैले संसदमा बोल्न पाउनुपर्छ

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि कांग्रेसले लगाएको आरोपका विषयमा संसदमा बोल्न पाउनुपर्ने बताएका छन्। बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलपछि लामिछानले संसदमा आफूले बोल्न पाउनुपर्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए । 

उनले लोकतन्त्रमा बोल्न पाउने अधिकार सबैको भएको भन्दै संसदमा आफूमाथि लागेको आरोपको विषयमा सदनबाटै स्पष्ट पार्न पाउनुपर्ने धारणा राखे। आफ्नो जवाफ चित्त नबुझेमा कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने उनको भनाइ छ।  लामिछानले सदन र सडकमा आफ्नो विषयमा आरोप र गालीगलौज नै उठिसकेको अवस्थामा बोल्न पाउनुपर्ने बाहेक अरु कुनै माग नरहेको जिकिर गरे।

कांग्रेसले लगातार सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले ओली र लामिछानेलाई सिंहदरबारमा छलफलका लागि बोलाएका थिए । एमालेले बुधबार नै संसदीय दलको बैठकमार्फत कांग्रेसले एकतर्फी मात्रै कुरा राख्ने विषय स्वीकार्य नहुने प्रष्ट पारिसकेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.