अपांगता भएका व्यक्तिहरूको संवेदनशीलतामाथि ख्याल गरौं : कांग्रेस

अपांगता भएका व्यक्तिहरूको संवेदनशीलतामाथि ख्याल गरौं : कांग्रेस
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले सामुदायिक सहायताको सुनिश्चितताको माग गर्दै धर्नामा बसेका अपांगता भएका व्यक्तिहरूको आन्दोलनमा प्रहरीले दमन र धरपकड गरेकोप्रति निन्दा गरेको छ। अपाङ्गता भएका व्यक्तिहरूको आन्दोलनमा बुधबार प्रहरीले दमन गरी केहीलाई नियन्त्रणमा लिएपछि कांग्रेसले आपत्ती जनाएको हो।

उसले अपांगता भएका व्यक्तिहरूको संवेदनशीलतामाथि ख्याल गर्न समेत आग्रह गरेको छ।  अपांगता भएका व्यक्तिहरूको न्यायोचित माग तत्काल सम्बोधन गरी जीवन रक्षा गर्न,पक्राउ परेकाहरूको तत्काल रिहाइ गर्नुपर्ने,घाइतेहरूको स्वास्थ्योपचारको व्यवस्था गर्नु्पर्ने जोडदार माग गरेको छ।

प्रदर्शनका क्रममा केहि घाइते भएका छन्।

सामुदायिक सहायताको सुनिश्चितताको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरुले ह्विलचियरसहित काठमाडौंमा प्रदर्शन गरेका थिए। उनीहरूले काठमाडौंको भृकुटिमण्डपदेखि भद्रकालीसम्म प्रदर्शन गरेका थिए। 

सडक अवरुद्ध गरेर प्रदर्शन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुले भद्रकालीमा कोणसभा गरेका थिए । उनीहरुले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा सुरु गर्ने विषयमा यसअघि सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

गत चैत्र १४ गते भएको उक्त सहमति कार्यान्वयन नभएको भन्दै केहि अपाङ्गता भएका व्यक्तिहरु शान्ति वाटिकामा आमरण अनसन सुरू गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.