संसदमा कांग्रेसको दादागिरी चल्दैन : अध्यक्ष ओली

संसदमा कांग्रेसको दादागिरी चल्दैन : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको बताएका छन्। बुधबार पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक स्वार्थका लागि सदन अवरोध गर्नु न्यायोचित नहुने बताए।

कांग्रेसले एमालेका कारण संसद अवरोध गर्नुपरेको बताएको भन्दै अध्यक्ष ओलीले यसमा आफू चुप लागेर नबस्ने बताए। उनले उपप्रधान एवं गृहमन्त्री  रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने बताए।

उनले गृहमन्त्रीमाथि आरोप लगाउँदैमा कांग्रेस कुनै न्यायाधीश नभएको तर्क गरे।

'प्रधानमन्त्रीले चलाऔं भनिरहनु भएको छ। गृहमन्त्री रवि लामिछानेले पनि चलाऔं भनिरहनु भएको छ। एमालेका कारण संसद अवरोध गर्नु परेको छ  भनेर भनिरहनु भएको छ। हामीले पनि चलाऔं भनिराखेका  छौं । तर, कांग्रेसको दादागिरी चल्ने ठाउँ होइन संसद। विधि र नियमले चल्नुपर्छ। लोकतान्त्रिक तरिकाले चल्नुपर्छ। संसदमा सांसदले बोल्न नपाउने? कसैमाथि आरोप लगाएपछि त्यो सांसदले बोल्न नपाउने हुँदैन। कांग्रेस कुनै न्यायाधीश होइन। जसले अपराधी हो भनेर तोक्छ ,'उनले भने, 'राजनीतिक स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने। आफ्नो तर्फ आउनलाई फकाउन फकिएन भने अपराधी भइहाल्ने। संसदमा नारा लगाउन पनि कांग्रेसलाई सरम लाग्नुपर्छ।'

 पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने जिकिर गरे। उनले भने,' 'नेपाली कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन । अब बकबास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ। यतै टोक्या छ, उतै टोक्या छ, यो के तरिका हो ?’

सहकारी ठगीमा मुछिएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले संसद अवरोध गर्दै आएको छ।  उसले संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने अडान लिएको छ।

मंगलबार सरकारको नीति  तथा कार्यक्रम सार्वजनिक लगत्तै बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले नाराबाजी गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। 

 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.