रिडी-तम्घास सडक एक महिना बन्द हुने

रिडी-तम्घास सडक एक महिना बन्द हुने
सुन्नुहोस्

गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास सडक एक महिना बन्द हुने भएको छ। रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न लागिएकाले सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै सडक यही वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जनाएको छ।

अहिले उक्त सडकका केही ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न धमाधम भइरहेको छ। २०७९ फागुन २८ गते सम्झौता भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्ने गरि समान्तर इलाइट जेभीले निर्माणको जिम्मा पाएको छ।

उक्त निर्माण कम्पनी एक अरब ५० करोड ४८ लाख ३२ हजार ९ सय ५९ रुपैयाँको लागतमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको थियो।

मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी-तम्घास सडक हुँदै तम्घास बुटवल दैनिक दर्जनौं सवारी आवतजावत गर्ने गर्दछन्। यो बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.