गोरखाली आँटिला चेलीहरू सगरमाथा आरोहण गर्दै

गोरखाली आँटिला चेलीहरू सगरमाथा आरोहण गर्दै
सुन्नुहोस्

गोरखा : गोरखाली चारजना चेलीहरु सगरमाथा आरोहणको क्रममा छन्। आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल आरोहण गरिसकेकी चर्चित आरोही पूर्णिमा श्रेष्ठले दोहोर्‍याएर सगरमाथा आरोहण गरेकी छन्। गत आइतबार बिहान ६:४० बजे उनले शिखर चुमेकी हुन्।

गोरखाको आरुघाट निवासी पूर्णिमाबाहेक गोरखाका अरु तीन छोरीहरू पनि सगरमाथा आरोहणको क्रममा छन्। सबैभन्दा कम समयमा सगरमाथा आरोहण गर्ने महिलाका रूपमा गिनिजबुकमा नाम लेखाएकी फुञ्जो झाङ्मु लामा आफ्नै रेकर्ड ब्रेक गर्दै सगरमाथा आरोहण गर्ने तयारीमा छन्। चुमनुब्री गाउँपालिका-७ छेकमपारकी फुञ्जो अहिले बेसक्याम्पमा आरोहण अभ्यासमा व्यस्त छिन्। उनले आउँदो मे २३ मा सगरमाथा शिखर चुम्ने साइत जुराएकी छन्।

त्यस्तै चुमनुब्री १ सामागाउँकी नाङ्साल छ्वेदोन लामा पनि सगरमाथा आरोहणको तयारी गर्दैछिन्। २५ वर्षकी छेदेनले गत वर्ष ८,१६३ मिटर अग्लो मनास्लु आरोहण गरेकी थिइन्। उनी आउँदो २२ तारिखमा सगरमाथा आरोहण गर्ने तयारीमा छिन्। 

त्यस्तै धार्चे ५ गुम्दाकी नानुमाया गुरुङ पनि अहिले विश्वकै चौथो र नेपालको तेस्रो अग्लो ल्होत्से हिमाल आरोहणको तयारीमा छिन्। यसअघि सगरमाथा आरोहण गरिसकेकी उनी अहिले ८,५१६ मिटर अग्लो ल्होत्से आरोहणको तयारी गरिरहेकी हुन्। ल्होत्से आरोहण गरेपछि लगत्तै सगरमाथा आरोहण गर्ने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.