चितुवाको आक्रमणमा परी बर्दियामा ३ जना घाइते
![चितुवाको आक्रमणमा परी बर्दियामा ३ जना घाइते](https://annapurnapost.prixacdn.net/media/albums/Chituwa_attac_fEnXfzZwlk_X6LR9X6Fyu.jpg)
गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका-६ स्थित बनखेतमा चितुवाको आक्रमणमा परी ३ जना घाइते भएका छन्।
चितुवाको आक्रमणम परी स्थानिय ५० वर्षीय होलुराम थारु (हाउले), २४ वर्षीया राममाया चौधरी र २३ वर्षीय हिमाल अधिकारी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ। निकुञ्जलगायत एनटीएनसी बर्दियाको प्राविधिक टोलीले आक्रमण गर्ने चितुवालाई डार्टमार्फत बेहोस गराई छोपेर निकुञ्ज कार्यालय पुर्याएको छ।
उनीहरू मकै टिप्न गएका बेला चितुवाले आक्रमण गरेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान ठाकुरबाबा उपभोक्ता समितिका अध्यक्ष अनुराम थारुले बताए। बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको चितुवा मकैबारीमै रहेको बताइएको छ। पछिल्लो समय गाउँ पसेपछि चितुवाले मानिसलाई आक्रमण गर्ने गरेको पाइन्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)