२९ हजार १५२ मत सदर हुँदा राईले ल्याए २६१ मत

इलाम-२ मा एकीकृत समाजवादीलाई जमानत जोगाउन मुस्किल

इलाम-२ मा एकीकृत समाजवादीलाई जमानत जोगाउन मुस्किल

काठमाडौं : इलाम-२ मा भएको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीलाई जमानत जोगाउन समेत मुस्किल परेको छ। २९ हजार १५२ मत सदर हुँदा एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले २६१ मत मात्र ल्याएका हु्न्।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ। तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन।’

उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले निरन्तर अग्रता लिएका छन्। नेम्वाङले ११ हजार ६१९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका डम्बर खड्काले ७ हजार ६५९ मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७ हजार ४५२ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १५९६ मत ल्याएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.