गुल्मीका आगलागी पीडितलाई मकै र काँक्राको बीउ,घाइते पशुको निःशुल्क उपचार

गुल्मीका आगलागी पीडितलाई मकै र काँक्राको बीउ,घाइते पशुको निःशुल्क उपचार
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गुल्मी : अग्नि पीडितलाई मकै र काँक्राको बीउ सहयोग गरिएको छ। गाउँले किसान एग्रोभेट सेन्टरका सञ्चालक महेन्द्र पोखरेलले मंगलबार इस्मा गाउँपालिका –२ सिदुङखामा पुगेर आगोबाट पीडित परिवारलाई उन्नत जातको मकै र काँक्राको बीउ प्रदान गरेका हुन् । पोखरेले प्रतिपरिवार मनकामना ३ जातको मकै (१ केजी) र भक्तपूरे लोकल जातको काक्रो (१ पोका) वितरण गरेका हुन् ।   

समयमै आकाशबाट पानी पर्ने हो भने चैत र बैशाख महिना मकै रोप्नका लागि उत्तम समय भएपनि प्राकृतिक विपत्तीले कृषकलाई थप समस्या निम्ताएको गाउँले किसान एग्रोभेट सेन्टरका सञ्चालक पोखरेलले बताए । 
‘शनिबार हावाहुरीसहित भएको भीषण आगलागीले केही नागरिकको घरमा राखिएको अन्नपात समेत सखाप भएको ,‘उनले भने,‘पीडितको घाउमा मलम लगाउने उद्देश्यसहित मकै र फलफूलको बीउ वितरण तथा घाइते भएका पशुचौपायको निःशुल्क औषधि उपचार गरिएको हो।'  

पोखरेलले आगलागीमा परेर घाइते भएका पशुचौपायलाई आवश्यक निःशुल्क औषधि वितरण गरेका छन् । त्यस्तै उनले आगलागीबाट जलेका पशुहरूको गोठमै पुगेर पशु उपचार सेवा उपलब्ध समेत गराएका छन् । उनले गुल्मीको सदरमुकाम तम्घासमा विगत १६ वर्षदेखि एग्रोभेट संचालन गर्दै आएका छन् । 
शनिबार हावाहुरीसहित लागेको भीषण आगलागीबाट पालिकाभित्रका २६ वटा घर र ४९ गोठ जलेर पूर्ण नष्ट भएका छन् । आगलागीबाट एक सय ९९ नागरिक प्रभावित भएका छन् । सामुदायिक वनमा लागेको आगो अनियन्त्रित भइ बस्तीमा पुगेपछि करोडौंको क्षति भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.