गजलकार प्रकट पंगेनी रहेनन्

गजलकार प्रकट पंगेनी रहेनन्
सुन्नुहोस्

पोखरा : गीत तथा गजलकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ। ज्वरो आएर सिकिस्त भएपछि सोमबार पोखराको मणिपाल अस्पताल भर्ना गरिएका उनले मंगलबार अन्तिम सास फेरेका हुन्। पारिवारिक स्रोतका अनुसार उनलाई जन्डिस, निमोनिया लगायत समस्याले गाँजेको थियो। उनी ६८ वर्षका थिए। 

पोखराको सेती नदीमा बुधबार पंगेनीको अन्तिम संस्कार गरिने भएको उनी पूर्वअध्यक्ष रहेको संस्था पोखरेली युवा सांस्कृतिक परिवारले जनाएको छ। स्वर्गीय पंगेनीका श्रीमती, छोरा र छोरी छन्। 

१५ सय जति गीत र गजल लेखेका उनका यो मन कतै अल्झेको छ र जूनको चिठी जूनालाई गीति संग्रह तथा प्रणय वेदका ऋचाहरु गलज संग्रह र अक्षरभरि अक्षता कविता संग्रह लगायत कृति प्रकाशित छन् । उनले लेखेर सञ्जीव सिंहले गाएको गीत किन राख्यौ चोखो तिखो चुलेसीमा...चर्चित छ। तगारो छेउ आएर पनि आँगनी टेकिनौं.. बोलको उनको गीत विमल पराजुलीले गाएका छन्। ५ दर्जन जति उनका गीत रेकर्ड भएका छन्। 

कास्कीको तत्कालीन देउराली पञ्चायत र हालको रुपा गाउँपालिकामा जन्मिएका प्रकटको वास्तविक नामचाहिँ शिव पंगेनी हो। विद्यालयमा सँगै पढ्ने अरुको पनि नाम शिव भएपछि फरक पहिचानकै लागि उनले आफूलाई प्रकट नामबाट चिनाउन थालेका थिए। साहित्यमा उनी त्यही नाममा स्थापित पनि भए। 

नाटक लेखन र अभिनयमा पनि लागेका प्रकटको खास पहिचानचाहिँ शृंगारिक गजलहरुले बनाएको थियो। प्रणय वेदका ऋचाहरु पुस्तक प्रकाशनसँगै उनले देशका दर्जनौं सहरमा शृंगारिक र प्रणयका प्रेमिल गजल बाचन गरेका थिए। कुनै समय कृषि अनुसन्धान केन्द्र लुम्ले कास्कीका जागिरे प्रकटले लुम्लेकै बसाइका क्रममा धेरै गीतहरु लेखेका थिए। पछिल्लो समय भने उनी आफ्नै गाउँ देउराली कास्कीमा बस्थे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.