होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न ,तीनजना पुरस्कृत

होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न ,तीनजना पुरस्कृत
सुन्नुहोस्

काठमाडौं : होण्डाले  आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूको सीप र दक्षता अभिवृद्धि गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ।

उक्त कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे । त्यसैगरी ओम सत्य साही अटो सिटि प्रा.लि इटहरीका गजेन्द्र बुढाथोकि द्वितीय र एस.टि.सि वर्कशप कोहलपुरका सन्तोष अर्जेलले  तृतीय पुरस्कार प्राप्त गरे । सी प्रथम हुनेले ५० हजार ,द्वितीयले ३० हजार र तृतीयले २० हजारका साथै सबै सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।  

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रदिप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरुको उपस्थितिमा सो कार्यक्रम चैत २८ गते होण्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । 

प्रतियोगिता अवधिभर होण्डा जापानले उपलब्ध गराएको मार्ग निदेशन अनुसार टेक्निसियनहरू होण्डा स्टयान्डर्ड प्रोसिडयुअरअन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनि प्रालिअन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्यक क्षेत्रबाट २/२ जना छनोट गरी राष्ट्रियस्तरको प्रतियोगितामा  सञ्चालन गरिएको थियो । 

स्याकार ट्रेडिङ कम्पनिले विगत केहि वर्षदेखि यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ । यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निसियनहरूको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउँदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास कम्पनीको रहेको छ।

स्याकार ट्रेडिङ कम्पनीका सर्भिस् जेनेरल मेजेर सिताराम न्यौपानेले टेक्निसियनहरूको सीप तथा ज्ञानको उचित प्रयोग गरी आगामी दिनमा ग्राहकलाई अझ उच्चस्तरको सेवा पुर्‍याउन यस किसिमको प्रतियोगिता कोशेढुगा सावित हुने बताए।
 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.