लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र दुई शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र दुई शाखा स्थानान्तरण
सुन्नुहोस्

काठमाडौं : लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ। काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुस्थित सूर्यविनायक नगरपालिका-२, बालकोटमा स्थानान्तरण गरिएको छ। 

त्यसैगरी काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा अब भक्तपुरस्थित मध्यपूर ठिमी नगरपालिका-८, बोडेमा स्थानान्तरण भएको छ। स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन्। 

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ। 

हाल लक्ष्मी लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३२ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.